टेलिकमले सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउनेछः सचिव बस्नेत
२२ माघ, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत नेपाल टेलिकमले गुणस्तरीय सेवा विस्तार गर्दै दुर्गम तथा पिछडिएका क्षेत्रमासमेत पहुँच स्थापित गरिने बताउनुभएको छ । काठमाडौँमा बिहीबार आयोजित नेपाल टेलिकम ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ को २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले नेपाल टेलिकमको सेवा विस्तारले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सेवाको गुणस्तर अझै वृद्धि गरिने स्पष्ट पार्नुभयो । सचिव बस्नेतले भन्नुभयो,“नेपाल टेलिकमले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ र सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउनेछ ।”
सचिव बस्नेतले डिजिटल समावेशिता विस्तार गर्दै सबै नागरिकलाई समान सञ्चार सेवाको पहुँच सुनिश्चित गर्न नेपाल टेलिकमले निरन्तर पहल गरिरहेको पनि बताउनुभयो ।
प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १५:०१








