२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

४३१.५४ प्रतिशतले बढ्यो आशा लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

२२ माघ, काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ४३१.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले ३८ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १३.९२ प्रतिशतले धेरै हो । अघिल्लो आवमा संस्थाले ३४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै संस्थाको इम्पेयरमेन्ट चार्ज पनि १३ करोड ८ लाख रुपैयाँबाट घटेर ७ करोड ९२ लाखमा सीमित बनेको छ ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ अर्ब ९८ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह पनि ९ अर्ब ८६ करोड रुपैयाँबाट बढेर १० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । याे अवधिमा कम्पनीकाे खराब कर्जा अनुपात ४.९२ प्रतिशतबाट बढेर १०.१५ प्रतिशत पुगेको छ । कम्पनीकाे वितरणयोग्य मुनाफा १२ करोड १७ लाख रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीकाे प्रतिसेयर आम्दानी ३१.२९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १५८.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.२३ गुणा रहेकाे छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १४:०६