२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

२२ माघ, काठमाडाैं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ०.३७ अंक घटेर २६८१.१३ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको १२३ पटकको कारोबारमा २ करोड २१ लाख ६६ हजार २५४ रुपैयाँ ८० पैसाबराबरको ४६ हजार २९६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १०:५८