बुद्धभुमी नेपाल हाईड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमति
२१ माघ, काठमाडौं । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएकाे छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते अनुमति पाएको हो ।
याेसँगै अब कम्पनीले १ः१ अनुपातमा रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १८:००








