८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

गोकुल बास्कोटाको व्यंग्यः संसद पुनर्स्थापनाको आशामा बर्सियो हिउँ

२१ माघ, काठमाडाैं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले संसद पुनर्स्थापनाको आशामा हिउँ बर्सिएको टिप्पणी गर्नुभएकाे छ । संसद पुनर्स्थापनाको सुनुवाइ चुनावपछि धकेलिएपछि बास्कोटाले फेसबुकमार्फत यस्तो व्यंग्य गर्नुभएकाे हाे ।

उहाँले लेख्नुभएकाे छ, ‘सर्वोच्चले संसद पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ। अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ। फेरि चुनावमा गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ। गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ।अन्तिममा म्याच फिक्सिङको मौका भने छदैछ।’

प्रकाशित मिति : February 4, 2026 at 3:49 pm