एमालेलाई सिध्याउन अनेकन षड्यन्त्र भइरहेको छः ईश्वर पोखरेल
२१ माघ, काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टीको घोषणापत्रमा निश्चित मुद्दामा समयबद्ध तालिकासहित कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । एमाले राजधानी विशेष प्रदेश कमिटी र प्रेस चौतारी नेपालद्वारा आज आयोजित ‘उम्मेदवार–पत्रकार संवाद’ कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
नेता पोखरेलले राष्ट्रिय हित, राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको सवाल उठाएर पार्टीले घोषणापत्र बनाउने भन्दै सामाजिक सदभाव राष्ट्रिय एकताको आधार भएकाले त्यो भत्काउने कुरामा एमाले सहमत हुन नसक्ने बताउनुभयाे । साथै, उहाँले उपत्यकाको एकीकृत विकासमा एमालेले सधैँ महत्त्व दिएको बताउनुभयो । पोखरेलले देशभित्र र बाहिरबाट एमालेलाई सिध्याउन अनेकन षड्यन्त्र भइरहेको बताउनुभएकाे छ ।
उहाँले भन्नुभयाे, ‘बाहिरी षड्यन्त्र चिर्नको लागि भित्र बजबूत हुनुपर्छ। भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ। त्यो पक्षमा छैनौँ। हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौँ।’
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १५:०४







