११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

प्रि ओपन सेसनमा २२ अंकले घट्यो नेप्से

२१ माघ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २२ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से २२.१७ अंकले घटेर २६६०.९७ विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ८८ स्टकको १७६ पटकको कारोबारमा १ करोड २ लाख ९१ हजार ३१५ रुपैयाँ ९० पैसाबराबरको ८ हजार १८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : February 4, 2026 at 10:57 am