२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सिनर्जी पावरको अध्यक्षमा इन्द्र बहादुर थापा चयन

२१ माघ, काठमाडौं। सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा चयन हुनुभएको छ  । माघ २० गते बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा थापालाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।

यस्तै, सो बैठकले सञ्चालक सुरेन्द्र बहादुर खड्कालाई प्रबन्ध सञ्चालक चयन गर्ने र वर्तमान कम्पनी सचिव धुव्रराज शर्मालाई कम्पनी सचिवमा निरन्तरता दिने निर्णय समेत गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १०:४०