सुपरमाई हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?
२१ माघ, काठमाडौं । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५९ लाख २७ हजार ९७७.८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बैठकले शतप्रतिशत हकप्रद समेत जारी गर्ने निर्णय पनि गरेको छ ।
प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १०:१३







