सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो
२१ माघ, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै कम्पनीले यो अवधिमा ५ अर्ब ७१ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले ६ अर्ब २७ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो आवसम्म भने कम्पनीले ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको थियाे ।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २३ पैसा बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.६९ गुणा रहेको छ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १०:०४







