८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

१४ लाख १० हजार कित्ता आईपीओ जारी गर्दै एपोलो हाइड्रोपावर

२० माघ, काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । बोर्डले कम्पनीलाई माघ २० गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

यो सँगै अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

प्रकाशित मिति : February 3, 2026 at 5:26 pm