नेप्सेमा सूचीकृत कम्पनीको संख्या २८४ पुग्यो, कुनको हिस्सा कति ?
२० माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २०८२ पुस मसान्तसम्म २८४ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सूचीकृत कम्पनी संख्या २६७ थियो । हाल सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् ।
धितोपत्र बजार पुँजीकरणमा सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको रहेको छ । कुल बजार पुँजीकरणमध्ये ५२.३ प्रतिशत हिस्सा यस समूहको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको १५.२ प्रतिशत, लगानी कम्पनीको ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ६.९ प्रतिशत, व्यापारिक संस्थाको ४.८ प्रतिशत, होटलको ३.१ प्रतिशत र अन्य समूहका कम्पनीहरूको १०.४ प्रतिशत हिस्सा रहेको छ ।
प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १०:०१







