नेप्सेमा ६ अर्ब २५ करोडको बोनस सेयर सूचिकृत
२० माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ अर्ब बढीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेप्सेमा ६ अर्ब २५ करोडको बोनस सेयर सूचिकृत भएकाे हाे ।
साे अवधिमा नेप्सेमा रु. २१ अर्ब ९६ करोडको साधारण सेयर, रु. ९ अर्ब ६४ करोडको हकप्रद सेयर, रु. ६ अर्ब २५ करोडको म्युचुअल फन्ड, रु. ३ अर्ब ४० करोडको डिबेन्चर तथा रु. ९२ करोड ५० लाख बराबरको एफपीओ सूचिकृत भएका छन् । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा कुल रु. ४८ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
प्रकाशित मिति : २० माघ २०८२, मंगलवार ०९:५५







