१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

झिनो अंकले घट्यो नेप्से, ८ अर्ब २२ करोडको कारोबार

१९ माघ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से १.५३ अंकले बढेर २६९५.७३ को बिन्दुमा बन्द भएको छ । यस दिन ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ  । १३ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आज ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।आज आँखुखोला जलविद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ४१ करोड ४९ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज  एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार उर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १५:२६