१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

आँखुखोला जलविद्युतसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१९ माघ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से १.५३ अंकले बढेर २६९५.७३ को बिन्दुमा बन्द भएको छ । यस दिन ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ  । १३ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आज ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।आज आँखुखोला जलविद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ४१ करोड ४९ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एसवाइ प्यानल नेपालको ३८ करोड ५० लाख ३ हजार रुपैयाँ, बन्दीपुर केवलकारको २८ करोड ४१ लाख ४३ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको २८ करोड २८ लाख ५० हजार रुपैयाँ, पिपुल्स पावर लिमिटेडको २४ करोड ९६ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १५:१९