२६.४२ प्रतिशतले घट्यो साना किसान विकास लघुवित्तकाे नाफा, प्रतिसेयर आम्दानी कति ?
१९ माघ, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३८ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.४२ प्रतिशतले कम हाे । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियाे ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९६ करोड ८१ लाख रुपैयाँबाट ३२.४१ प्रतिशतले घटेर ६५ करोड ४३ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी पनि ९७ करोड ४५ लाख रुपैयाँबाट ३२.८४ प्रतिशतले घट्दै ६५ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको खराब कर्जा अनुपात २.२७ प्रतिशतबाट बढेर ४ प्रतिशत पुगेको छ । ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी २४.०१ रुपैयाँबाट घटेर १५.४६ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ २१६.४८ रुपैयाँ कायम रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.८७ गुणा रहेको छ।
प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १२:२५







