१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

१९ माघ, काठमाडाैं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा/भुक्तानी गर्न सुरु गरेको छ ।

कम्पनीले गत पुस २४ गते सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट आव २०८१/८२ का लागि पारित भएको १०.१७८० प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा जम्मा गरेकाे हाे ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीले नै व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।

साथै, पुस ९ गतेसम्म सेयर धितो राखेर कर्जा लिएको सेयरधनीले कर्जा लिएको संस्थाबाट एनओसी वा लाभांश फुकुवा पत्र पेश गरेपछि मात्रै बैंक खातामा लाभांश पठाइने कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार ०९:३५