१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

गरिमा विकास बैंकको ६२ हजार कित्ता सेयर बिक्रीमा

१९ माघ, काठमाडाैं। गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६३ हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडाैंकाे लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, ताेकिएकाे समयअवधिभित्र उक्त सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर खरिद प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार ०९:२१