दोहोरो अंकले घट्यो शेयर बजार, २७०० बिन्दुबाट तल झर्यो नेप्से
१८ माघ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से १९.८५ अंकले घटेर २६९४.२० काे बिन्दुमा बन्द भएकाे छ । यस दिन सेयर बजारमा ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आइतबार ३२९ कम्पनीको २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । बैंकिङ शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ७५, वित्त शून्य दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत् एक दशमलव ३६ र लगानी समूह शून्य दशमलव ९६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७६, लघुवित्त शून्य दशमलव ५७, म्यूचुअल फण्ड शून्य दशमलव ५०, निर्जीवन बिमा शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको छ ।
आज आँखुखोला जलविद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५५ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन मिथिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.७० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १५:२३







