१८ माघ २०८२, आईतवार | Sun Feb 1 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१८ माघ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से १९.८५ अंकले घटेर २६९४.२० काे बिन्दुमा बन्द भएकाे छ ।  यस दिन सेयर बजारमा ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार  ३२९ कम्पनीको २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज आँखुखोला जलविद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५५ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एसवाइ प्यानल नेपालको ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ३८ करोड ९८ लाख २८ हजार रुपैयाँ, यूनियन हाइड्रोपावरको ३७ करोड ११ लाख ४३ हजार रुपैयाँ र शिवश्री हाइड्रोपावरको ३१ करोड ३९ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १५:१९