कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट, यी हुन सर्वाधिक घट्ने कम्पनी
१८ माघ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से १९.८५ अंकले घटेर २६९४.२० काे बिन्दुमा बन्द भएकाे छ । यस दिन सेयर बजारमा ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आइतबार ३२९ कम्पनीको २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १५:११







