कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, यी प्रस्ताव पारित हुँदै
१८ माघ, काठमाडाैं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ। माघ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले फागुन १० गते विरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान ८ बजे १८ औं वार्षिक साधारण सभा बाेलाएकाे हाे ।
सभामा अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै बैंकको हाल कायम रहेको जारी पूँजीको ७० प्रतिशत संस्थापक सेयरधनी समूहको र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको स्वामित्वमा रहेकोमा सेयरधनीको पूँजीको संरचना परिवर्तन गरी संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम हुने गरी बैंकको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले माघ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : १८ माघ २०८२, आईतवार ११:५३







