१८ माघ २०८२, आईतवार | Sun Feb 1 2026

फरवार्ड माइक्रोफाइनान्सका सीईओले दिए राजीनामा, कामु सीईओको जिम्मेवारी भट्टराईलाई

१८ माघ, काठमाडाैं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम दयाल राजवंशीले पदबाट राजिनामा दिनुभएकाे छ । उहाँले व्यक्तिगत घरायसी कारण देखाउँदै पदबाट राजिनामा दिनुभएकाे हाे ।

माघ १५ गते बसेको कम्पनीकाे सञ्चालक समितिकाे बैठकले उहाँकाे राजिनामालाई स्वीकृत गरेको हाे  । सो बैठकले अर्को निर्णय नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार ११:१२