१८ माघ २०८२, आईतवार | Sun Feb 1 2026

हिमालयन डिष्टिलरीको नाफामा १०.७३ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?

१८ माघ, काठमाडाैं । हिमालयन डिष्टिलरीले  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यो अवधिमा कम्पनीले ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.७३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बिक्री आम्दानी पनि १६.२४ प्रतिशतले बढेको छ । कम्पनीले १ अर्ब ७५ करोड करोड रुपैयाँबराबरको बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत १ अर्ब ५१ करोड रुपैयाँ कमाएको थियो । अघिल्लो आवमा ५३ करोड ४५ लाख रहेको कम्पनीको सञ्चालन मुनाफा ६१ करोड २५ लाख पुगेको छ ।

कम्पनीको रिजर्भको आकार ७६ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ८९ करोड र कुल चालु दायित्व ६३ करोड ३० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २४.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १२०.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४६.८४ गुणा  रहेकाे छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १०:३०