८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

यूनिटेक हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

१८ माघ, काठमाडाैं। यूनिटेक हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बाेलाएकाे छ ।

माघ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २९ गते काठमाडाैंकाे रविभवनमा रहेको होटल क्राउन प्लाजामा दिउँसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  साथै, सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रकाशित मिति : February 1, 2026 at 9:37 am