निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छुः गगन थापा
१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताउनुभएकाे छ । शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्ताे बताउनुभएकाे हाे ।
थापाले अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताउनुभयाे । ‘म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरू नेताहरूसँग पनि संवादमा छु,’ थापाले भने, ‘हामीबिच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ । अहिले एक ढिक्का छौँ ।’
प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १७:१३







