१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

झापा-५ मा सुरक्षित रहेको एमालेको विश्लेषण

१६ माघ, काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले झापा–५ मा पार्टीलाई खासै चुनौती नरहेको विश्लेषण गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक मूल्यांकन सार्वजनिक गर्दै सामाजिक सञ्जालमा देखिने हल्लाले केही असर पारे पनि मतदाताको तहमा एमाले बलियो रहेको बताउनुभएकाे हाे  ।

अनलाइन प्लेटफर्ममा फैलिने चर्चाले वातावरण केही तताए पनि जनमतको अवस्था फरक रहेको उहाँले बताउनुभयाे । पोखरेलले भन्नुभयाे, ‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले एक खालको प्रभाव त पारेको छ । तर मतदाताबीचको कुरा गर्दा हामी झापा-५ मा पनि सुरक्षित अवस्थामा छौं। त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ ।’

प्रकाशित मिति : 14:26