राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
१५ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न नहुने बताउनुभएको छ ।
आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा आज आयोजित छलफल कार्यक्रममा महासचिव पोखरेलले नेपाली समाजको चरित्र कुनै पुस्ताका नाममा विभाजन नभई मिलनसारिता तथा संवाद भएकाले त्यसलाई बुझेर मतदातालाई विकास र समृद्धिमा जोड्न सक्नुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले निर्वाचनलाई लोकतान्त्रिक अभ्यास तथा नीतिगत बहसका रूपमा लिनुपर्ने र नीतिका आधारमा एमाले पहिलो नम्बरमा आउने अपेक्षा गर्नुभयो ।
प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १४:०७







