एनआईसी एशिया लघुवित्तको नाफा ३४६.४६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
१६ माघ, काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४६.४६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीकाे खुद ब्याज आम्दानी ६४.६३ प्रतिशतले५५ करोड १० लाख रुपैयाँ पुगेकाे छ । अघिल्लो आवमा कम्पनीले ३३ करोड ४७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । याे अवधिमा कम्पनीकाे खुद शुल्क तथा कमिशन आम्दानी भने घटेका छ । अघिल्लो आवमा ३ करोड ५७ लाख रुपैयाँ रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी घटेर २१ लाख ५३ हजार रुपैयाँमा सीमित बनेको छ ।
यस्तै संस्थाको खुद सञ्चालन आम्दानी ४७ करोड ९३ लाख र सञ्चालन मुनाफा ३ करोड ५९ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३९ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ। लघुवित्तको प्रतिसेयर वितरणयोग्य मुनाफा ४५ रुपैयाँ ७ पैसा ऋणात्मक रहेको छ। यो अवधिमा संस्थाको खराब कर्जा अनुपात १३.३७ प्रतिशतबाट बढेर १७.३८ प्रतिशत पुगेको छ ।
१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३८ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले २० अर्ब ५४ करोड ८७ लाख निक्षेप तथा सापटीबाट १८ अर्ब ७८ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसा बढेर २ रुपैयाँ १६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २५८.३६ गुणा रहेको छ।
प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार ११:२४







