१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्पपत्र लेखिनेछः विनोद चौधरी

१६ माघ, काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गर्नुभएकाे छ ।

बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गर्नुभएकाे हाे । चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताउनुभयाे ।

गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उहाँको भनाइ छ।

यसैका लागि उहाँले अनलाइन लिंक (https://www.binodformp.com/suggestions) सार्वजनिक गर्दै क्षेत्रबासीलाई आफ्ना योजना र मागहरू पठाउन आग्रह गर्नुभएकाे छ ।

नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने चौधरीले उल्लेख गर्नुभएकाे छ । २ मिनेट समय निकालेर फारम भर्न र यो विजय यात्रामा सहभागी हुन उम्मेदवार चौधरीले सबैलाई अपिल पनि गर्नुभएकाे छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार ११:१४