६९.२५ प्रतिशतले बढ्याे सुपर मादी हाईड्रोपावरको नाफा, प्रतिसेयर आम्दानी कति ?
१६ माघ, काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफासँगै कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ६० करोड ६० रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने ६७ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको वित्त खर्च २८ करोड ९६ लाखबाट घटेर २४ करोड ६६ लाखमा सीमित बनेको छ । ह्रासकट्टी खर्च भने १४ करोड ५६ लाखबाट बढेर १५ करोड ७७ लाख पुगेको छ । यस्तै अघिल्लो आवमा १ करोड ५३ लाख रहेको अन्य सञ्चालन खर्च भने घटेर १ करोड १३ लाखमा सीमित बनेको छ ।
२ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा बढेर १८ रुपैयाँ ६८ पैसा पुगेको छ। पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.८४ गुणा रहेको छ।
प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार ०९:५४







