१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

आईपीओ निष्कासन गर्दै गर्जाङ उपत्यका हाईड्रो

१५ माघ, काठमाडौं। गर्जाङ उपत्यका हाईड्रो पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले माघ २३ गते होटल भादगाँउ एण्ड रिसोर्टमा दिउँसो २ बजे सभा बोलाएको हो । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र सो पूँजीबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १६:३७