१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड

१५ माघ, काठमाडाैं ।शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कमपनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहीबारसो आईपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीकाे आईपीओमा ७१ हजार ५७७ जनाले १० लाख ५ हजार कित्ताको लागि आवेदन दिएका थिए ।  बिक्री प्रबन्धकका अनुसार २२ हजार २ सय जनाले १० कित्ताका दरले दुई लाख २२ हजार कित्ता आईपीओ पाएका छन् ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १४:२७