१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१५ माघ, काठमाडाैं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यो अवधिमा बैंकले ४० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।  यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.१९ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा बैंकले ३३ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

याे अवधिमा बैंकको खुद ब्याज आम्दानी १.२१ प्रतिशतले घटेर १ अर्ब २८ करोड रुपैयाँ कायम भएकाे छ । बैंकको खराब कर्जा अनुपात ४.४० प्रतिशतबाट बढेर ४.७५ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्ममा बैंककाे वितरणयोग्य मुनाफा १६ करोड रहेकाे छ । यस्तै बैंककाे लाभांश क्षमता ९.३६ प्रतिशतबाट घटेर ६.३७ प्रतिशतमा झरेको छ ।

बैंकको निक्षेप संकलन ७३ अर्ब २१ करोड र कर्जा परिचालन ५९ अर्ब ५३ करोड पुगेको छ । बैंकको चुक्तापूँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.६०, मूल्य आम्दानी अनुपात २५.०६ गुणा र तरलता अनुपात २५.९३ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १३:४७