१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

महालक्ष्मी विकास बैंकको नाफा सामान्य बढ्यो, वितरणयोग्य मुनाफा घट्यो

१५ माघ, काठमाडाैं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यो अवधिमा बैंकले ३० करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९ करोड रुपैयाँ रहेकाे छ । अघिल्लो आवमा बैंकले १ अर्ब १ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको थियाे । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा६३.०३ प्रतिशतले घटेर ३ करोड ४८ लाखमा सीमित बनेको छ ।

बैंकको छ खराब कर्जा अनुपात भने ४.९३ प्रतिशतबाट वृद्धि भएर ६.१० प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १४.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६५.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७४ गुणा र तरलता अनुपात २८.५१ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १३:२५