९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

३३.५७ प्रतिशतले बढ्यो मुक्तिनाथ विकास बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

१५ माघ, काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६७ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.६१ प्रतिशत र सञ्चालन मुनाफा ३५.०२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.९८ प्रतिशतबाट घटेर ३.७५ प्रतिशतमा झरेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ५२ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८८ पैसा रहेको छ। ८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १० करोड ८३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ८० पैसा पुगेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ३५ पैसा रहेको छ।

प्रकाशित मिति : January 29, 2026 at 10:38 am