९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

समृद्धिसँग मर्जर प्रस्ताव पारित गर्दै पोखरा फाइनान्सको साधारण सभा सम्पन्न

१४ माघ, काठमाडाैं । पोखरा फाइनान्सको २८ औं तथा २९ औं साधारण सभा बुधबार पोखरा स्थित दरबार थोक बैक्वेटमा सम्पन्न भएको छ । साे सभामा अध्यक्ष राजकुमार गुरुङले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभाले आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण एवं सो सँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ । साथै, सभाले समृद्धि फाइनान्ससँग बराबरी सेयर अनुपातमा मर्ज हुने प्रस्ताव पारित गरेको छ ।

गत साउनमा समृद्धि फाइनान्स र पोखरा फाइनान्सले गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको समझदारी गरेका थिए । मर्जर प्रक्रिया अघि बढाउन संयुक्त मर्जर समितिले दुवै संस्थाका सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गरेको थियो ।

मूल्यांकनकर्ताले दुवै वित्तीय संस्थाको सम्पत्ति, दायित्वतथा कारोबारको प्रतिवेदन तयार पारेको थियो । त्यो प्रस्ताव सभाले पारित गरेको हो ।
सभाले अनुमोदन गरे लगत्तै दुबै संस्थाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने तयारी गरेका छन्। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि दुबै संस्था गाभिएर ’पोखरा फाइनान्स लिमिटेड’ का नामबाट कारोबार थाल्ने छन्।

प्रकाशित मिति : January 28, 2026 at 5:28 pm