१४ माघ २०८२, बुधबार | Wed Jan 28 2026

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

१४ माघ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस  दिन नेप्से ५.३८ अंकले बढेर २७३१.८९ काे बिन्दुमा बन्द भएकाे छ । यस दिन १४१ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ११२ कम्पनीकाे मूल्य घटेकाे छ । ७ कम्पनीकाे मूल्य स्थिर हेकाे छ ।

आज ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार दुई कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ८३ करोड ५७ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ । १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ८.०७ प्रतिशत घटेको छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १५:१८