बुधबार यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता
१४ माघ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ५.३८ अंकले बढेर २७३१.८९ काे बिन्दुमा बन्द भएकाे छ । यस दिन १४१ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ११२ कम्पनीकाे मूल्य घटेकाे छ । ७ कम्पनीकाे मूल्य स्थिर हेकाे छ ।
आज ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो । आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ८३ करोड ५७ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।
त्यस्तै, राधि विद्युत कम्पनीको ५४ करोड ३६ लाख रुपैयाँ, एसवाई प्यानलको ४९ करोड ८८ लाख रुपैयाँ, रिभर फल्स पावरको ३० करोड ७३ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १५:११







