१४ माघ २०८२, बुधबार | Wed Jan 28 2026

प्रचण्डले विप्लवलाई भनेः एकतामा आउनुस्

१४ माघ, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका पूर्वमाओवादी धारका सबैलाई एकता प्रक्रियामा आउन आग्रह गर्नुभएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित नेकपा र नेकपा माओवादी (एकता पक्षधर)बीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आत्मसमीक्षा गरेर राष्ट्रिय स्वाधिनताको पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गर्नुभयो ।

“मुलुकलाई समृद्ध बनाउन र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पनि एक पटक फेरि एकताद्वारा सामथ्र्यवान् बन्नुपर्ने आवश्यकता छ”, संयोजक दाहालले भन्नुभयो, “विभाजित अवस्थामा रहेका पूर्वमाओवादीको घर र आउनुपर्ने ठाउँ ‘यहीँ’ हो ।” मुलुक अप्ठयारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले निर्वाचनबाट परिवर्तनकारी शक्तिलाई विजयी बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी)को एकता पक्षधर समूहका संयोजक चिरञ्जीवी ढकालको नेतृत्वमा सो पार्टीका केन्द्रीय सदस्यसहित नेता तथा कार्यकर्ता नेकपामा समाहित भएका हुन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १४:४२