रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
१४ माघ, काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडकाे आईपीओ बाँडफाँड भएको छ । कम्पनीले पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको हो ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको छ । आईपीओमा ४ हजार ६९ जनाको आवेदन परेकोमा ४ हजार ४३ जनाको मात्र आवेदन योग्य भएका थिए । सबै आवेदकले सेयर पाएका छन् । १० कित्तादेखि ५५० कित्ता सेयर माग गरेर आवेदन दिने सबैले माग अनुसार सेयर पाएका हुन् ।
६०० कित्ता देखि २० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान ५९० कित्ता, ६०० कित्ता देखि २० हजार कित्तासम्मको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर थप १० कित्ता सेयर बाँडफाँड गरिएको छ ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४२ हजार २ सय कित्ता सेयर निष्काशन गरेको थियो । यस निष्काशनमा कुल ७८ हजार ३ सय ४६ जनाले आवेदन दिएकोमा ७० हजार ७ सय ७८ जनाको आवेदन मात्र योग्य भएको थिए । जसमा १४ हजार २२० जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीकाे आईपीओ नतिजा मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login , सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ र बिक्री प्रबन्धकको वेबसाइट: https://www.prabhucapital.com/ipo-allotment बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १४:१२







