सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै सुमेरु पोलिमर्स
१४ माघ, काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । माघ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते लतिलपुरको धोबिघाटमा रहेको सिद्धार्थ कटेजको सभाकक्षमा बिहान ११ बजे सभा बाेलाएकाे हाे ।
उक्त सभामा सर्वसाधारणका लागि कम्पनीको आईपीओ जारी गर्ने, कम्पनीका सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र ०.०२३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै १०ः४ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
प्रकाशित मिति : १४ माघ २०८२, बुधबार ११:५९







