१३ माघ २०८२, मंगलवार | Tue Jan 27 2026

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण

१३ माघ, काठमाडाैं । नेपाल बीमा प्राधिकरणको नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलले पदभार ग्रहण गर्नुभएकाे छ । मंगलबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष उहाँले पद तथा गोपनियताको शपथ लिएपछि पदभार ग्रहण गएनुभएकाे हाे ।

योसँगै नेपाल बीमा प्राधिकरणले पहिलो महिला अध्यक्ष पाएको छ । माघ १३ गतेको मन्त्रिपरिषदको बैठकले पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १७:५५