१३ माघ २०८२, मंगलवार | Tue Jan 27 2026

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २३ अर्ब ६७ करोड, शिखर इन्स्योरेन्सको सर्वाधिक

१३ माघ, काठमाडाैं ।  निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा साढे २३ अर्बमाथिको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीले २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् ।

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.३७ प्रतिशत बढी हो । याे अवधिमा  शिखर इन्स्योरेन्सले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले याे अवधिमा २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँको काराेबार गरेकाे छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ काराेबार गरेको छ । हिमालयन एभरेष्टले २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १९ करोड ६५ लाख रुपैयाँकाे काराेबार गरेका छन् ।

त्यस्तै, याे अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोडकाे काराेबार गरेकाे छ । एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ४२ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ काराेबार गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १७:२०