सेयर बजारमा उच्च अंकको गिरावट, १४ अर्ब १६ करोडको कारोबार
१३ माघ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ को बिन्दुमा बन्द भएको छ । मंगलबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ । यस दिन २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको हो । आज राधि विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ५७ करोड ८५ लाख रुपैयाँकाे काराेबार भएकाे हाे । यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.५६ प्रतिशत बढेको छ। ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक ६.९३ प्रतिशत घटेको छ।
प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १५:१५







