एक इन्स्योरेन्सको नगद लाभांश खातामा जम्मा, तपाईको आयो त ?
१३ माघ, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूको खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सेयरधनीहरूको खातामा जम्मा गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने घाेषणा गरेकाे थियाे ।
सोही ४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा पुस ३० गतेदेखि जम्मा गरेकाे कम्पनीले जनाएकाे छ।
प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १०:२४







