१३ माघ २०८२, मंगलवार | Tue Jan 27 2026

१०४.८३ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

१३ माघ, काठमाडाैं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.८३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

याे अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी पनि ७३.१९ प्रतिशतले बढेर ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ करोड २१ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । संस्थाको खराब कर्जा अनुपात १.७४ प्रतिशतबाट बढेर ३.१७ प्रतिशत पुगेको छ ।

४ करोड ४० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ७१ रुपैयाँ ९२ पैसा रहेको छ। १२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा बढेर ५१ रुपैयाँ ८७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ १ पैसा रहेको छ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार ०९:५६