१२ माघ २०८२, सोमबार | Mon Jan 26 2026

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

१२ माघ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी-१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेकाे हाे ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने व्यवस्था रहेको तर उम्मेदवार त्यसविरुद्ध गएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १७:०७