ग्लोबल आइएमई लघुवित्तका नवनियुक्त अध्यक्ष अकेलाले लिए सपथ
१२ माघ, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त बुद्धी अकेलाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे हाे ।
नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा नव नियुक्त अध्यक्ष बुद्धी अकेलाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिनुभएकाे हाे । पुस २९ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिको २१६ औँ बैठकले अकेलालाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो ।
अकेला ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्थाको नामवाट कारोबार भएदेखीनै संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएकाे अनुभवी बैंकर हुनुहुन्छ । हाल उहाँ सो बैंकमा डि.जि.एम पदमा रूपमा कार्यरत रहनुभएकाे थियाे ।
शपथग्रहण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी तथा नायब प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १६:५२







