सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा
१२ माघ, काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो।
कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । जुन मागभन्दा ३.८६ गुणाले बढी हो । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट बाँडफाँड गरिएकाे थियाे।
गाेलाप्रथाबाट बाँडफाँड गर्दा ८ लाख २० हजारले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको हात भने खाली भएकाे छ । कम्पनीकाे आईपीओ नतिजा केही समयपछि प्रकाशित हुनेछ । कम्पनीकाे आईपीओ नतिजा बिक्री प्रबन्धकको वेबसाइट: https://nabilinvest.com.np/मेरो सेयर https://meroshare.cdsc.com.np/#/login र सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १६:०१







